|

काठमाडौं : पर्सामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

वीरगन्ज महानगरपालिका वडा नम्बर २ कि ४२ वर्षीया महिलाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

२०७७ चैत २९ गते भर्ना गरिएको  महिलामा सोही दिन पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको नारायणी अस्पतालका कोभिड को-अर्डिनेटर डाक्टर सरोजरोशन दासले बताए। नारायणी अस्पतालमा उपचाररत महिलाको बिहीवार बिहान सवा आठ बजे मृत्यु भएको र  थप दुई जनाको अवस्था गम्भीर रहेको डाक्टर दासले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.