पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी हरिद्वारमा संचालित महाकुम्भ मेलामा कोरोना संक्रमण उच्च देखिएको छ। शाहले मंगलबार गंगास्नान गरेका थिए।
१० देखि १४ अप्रिलसम्म गरिएको परीक्षणमा १७ सय भन्दा बढी संक्रमण पुष्टि भएको हो। स्वाब परीक्षणमा कार्यरत चिकित्सकका अनुसार कुम्भ भेलामा आएका मध्ये २ लाख ३६ हजार ७ सय ५१ जनाको स्वाब लिँदा १ हजार ७ सय १ जनामा कोरोना पुष्टि भएका छन्।
भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष आमन्त्रणमा सहभागी हुन चैत २६ गते बिहीबार उनी भारत गएका थिए। यो संसारकै सबैभन्दा ठूलो धार्मिक मेला मानिन्छ।
भारतमा कोरोना भाइरस फैलन यो मेलाले थप बल पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हरिद्वारका मुख्य चिकित्सा अधिकारी शम्भु कुमार झाका अनुसार बिहीबार आरटिडी-पिसिआर र्यापिड एन्टिजेन टेस्टमार्फत निकालिएको संक्रमितको लिस्टमा भएका संक्रमितमध्ये पाँच दिनमा हरिद्वारमा उपस्थित श्रद्धालु सबैभन्दा बढी संक्रमित भएको पाइएको छ।
झा का अनुसार अहिले थप परीक्षण रिपोर्ट आउने क्रम छ। त्यसमा पनि यस्तै नतिजा आउने उनले शंका व्यक्त गरे। उनीहरुको नतिजा आएपछि संक्रमण २ हजार भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।
कुम्भ मेला करिब ६ सय ७० हेक्टर जमिनमा फैलिएको थियो। जसमा ऋषिकेशसहित हरिद्वार, टिहरी र देहरादून जिल्ला समावेश छन्।
१२ अप्रिल मा सोमवती अमावस्या र १४ अप्रिलमा मेष संक्रान्तिको अवसरमा आयोजित अन्तिम दुई 'शाही स्नान' मा करिब ४८ लाख ५१ हजारले बिनामास्क भाग लिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।