|

काठमाडौं : २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको धरहरा पुन:निर्माण नसकिदै सरकार उद्घाटन गर्न हतार गरिरहेको छ। राष्ट्रिय पुन:निर्माण प्राधिकरणका अनुसार अहिले सम्म धरहराको करिब ६० प्रतिशत मात्रै काम सकिएको छ।

प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बाँकी काम आगामी मंसिर मसान्त सम्ममा सकिने बताए। उनका अनुसार अहिले तीन तला पार्किङको ढलान, रंगरोगन, वाल निर्माणलगायत काम धमाधम भइरहेको छ। टावर निर्माणको काम भने ९८ प्रतिशत सकिएको छ। उनका अनुसार प्राधिकरणले ०७७ को माघ ३ गते प्रधानमन्त्रीलाई धरहरामा चढाउने योजना बनाएको थियो।

‘कोभिड–१९ ले त्यो समयमा धरहरामा प्रधानमन्त्री ज्यूलाई चढाउन सकेनौं’ मानन्धरले भने,‘समय सारेर चैत पहिलो हप्तामा उद्घाटन गर्ने योजना थियो तर, त्यो पनि भएन, यो तेस्रो पटकको योजना हो।’ उनका अनुसार तीन अर्ब आठ करोड ठेक्का रकम सम्झौतामा अहिले सम्म एक अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ।

पुरानो धरहरा अगाडिको ४२.२ रोपनी क्षेत्रफलमा २२ तलाको धरहरा पुनर्निर्माण गरिएको छ। धरहरामा संग्रहालय, बगैंचा, प्रदर्शनी हल, चमेना गृहलगायत बनाइने छ। प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.