|

काठमाडौं : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका देशभरका चार हजार दुई सय ५० विद्यालयलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रकम बाँडफाँट गरेको छ।

छनोट भएका विद्यालयले स्थानीय तहमार्फत् रकम पाउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ। उक्त कार्यक्रमका लागि आवेदन परेका ६ हजार ९ सय २१ विद्यालयमध्ये छनोटमा परेका विद्यालयलाई एक करोडदेखि ६ लाख ५० हजार रुपैयाँसम्म उपलब्ध गराइएको छ।

सरकारले चालू शैक्षिक सत्रमा नै योजना सम्पन्न गर्नेगरी आर्थिक वर्ष २०७७÷०७८ मा नै कुल बजेटबाट पाँच अर्ब ६ करोड ५० लाख रुपैयाँ विभिन्न कार्यक्रमका लागि बाडँफाँट गरेको छ।

केन्द्रका अनुसार दुई कोठे भवन बनाउन १८ लाख, चार कोठे भवन बनाउन ३६ लाख र विज्ञान प्रयोगशाला बनाउन ६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ।

यस्तै पुस्तकालय निर्माण गर्न ६ लाख ५० हजार र शैक्षिक सामग्री व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम विद्यालयलाई उपलब्ध गराइने विवरणमा उल्लेख गरिएको छ। अघिल्लो आर्थिक वर्षमा पनि कार्यक्रम कार्यान्वयन नहुँदा तीन अर्ब ७३ करोड रुपैयाँ फ्रिज भएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.