|

काठमाडौं : सासुको सम्पत्ति लिएर हेरचाह नगरेको अभियोगमा प्रहरीले जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक कमलप्रसाद रेग्मीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरको टोलीले रेग्मीलाई केहीबेर अघि बल्खुबाट पक्राउ गरेको हो। परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहले रेग्मीलाई पक्राउ गरेको पुष्टि गरे।

सोही मुद्दामा रेग्मीकी श्रीमती सुष्मा रिजाल रेग्मीलाई प्रहरीले चैत २२ चैत पक्राउ गरेको थियो। सुष्मा नेपाल राष्ट्र बैंकमा निर्देशक पदमा कार्यरत छिन्। रेग्मी दम्पतिले स्व.भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ। यस्तै सृजना फाइन्‍नास र अरनिको सहकारीमा भएको रकम पनि झुक्याएर निकालेको प्रहरीले जनाएको थियो।

प्रहरीका अनुसार सुष्माले कुल तीन करोड रुपैयाँभन्दा धेरै रकम लिइ आमाको हेरचाह नगरी सम्पत्ति लिइसकेपछि बेवास्ता गरी ज्येष्ठ नागरिक ऐन, २०६३ अन्तर्गतको कसूर गरेको बुझिएको छ।

सुष्मालाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइसकेको छ। उनी हाल केन्द्रीय कारागार, सुन्धारामा छिन्। सिंहले कमलप्रसादमाथि थप अनुसन्धान भइरहेको जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.