|

विराटनगर : भारतको पञ्जाब पुलिस क्लब विराट गोल्डकप फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ। मोरङको विराटनगरस्थित सहिद रंगशालामा बिहीबार राति भएको खेलमा पञ्जाबले संकटा क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

निकै प्रतिस्पर्धात्म बनेको खेलमा पञ्जाबलाई जित दिलाउन परमित सिंहले ७६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। पञ्जाबले शनिबार हुने फाइनल खेलमामा एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो सेमिफाइनलमा एपिएफले आयोजक विराटनगर महानगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै यसअघिनै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो। प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.