|
फाइल फोटो

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज र भोलि बेलुकीपख हावाहुरी चल्ने अनुमान गरेको छ। प्रि–मनसुन सक्रिय भएकाले चट्याङ र हावाहुरीको सम्भावना रहेकाले मौसमविद सजिना शाक्यले बताइन्। उनले सतर्क रहन पनि आग्रह गरिन्।

प्रि-मनसुनका बेला दिनभर मौसम सफा रहे पनि बेलुकीपख बदली भएर हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ। नेपालमा गत मार्चदेखि नै प्रि–मनसुन भित्रिएको हो।

बिहीबार राति देशका धेरै ठाउँमा हुरी/बतास र चट्याङसहित हल्का पानी परेको छ। काठमाडौं उपत्यकासहित प्रदेश १‚ प्रदेश २‚ बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो हावाहुरी चलेको महाशाखाले जनाएको छ।

रातिको हावाहुरीले घातक तुवाँलो केही कम भएको महाशाखाले जनाएको छ। तर‚ तत्काल पुरै तुवाँलो हटेर मौसम सफा हुने सम्भावना भने कम रहेको मौसमविद् शाक्यले बताइन्। उनका अनुसार प्रि-मनसुन सक्रिय भए पनि पानी पर्ने गरी प्रणाली नबनेकाले ठूलो हुरी चले पनि तत्काल ठूलो वर्षाको सम्भावना छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.