|

काठमाडौं : स्वास्थ्य कार्यालय काठमाडौंले वैशाख ७ गतेबाट लगाइने कोरोनाको दोस्रो डोज खोपको समयतालिका सार्वजनिक गरेको छ।

स्वास्थ्य कार्यालयले अघिल्लो पहिलो डोज खोप लगाएको दिनको आधारमा दोस्रो डोज खोप लगाउने दिनको आधारमा खोप लगाउने तालिका केही हेरफेर गरेको बताएको छ।

गत १४ माघ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरूले आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज लगाउन लगाउने निर्णय यसअघि नै गरेको थियो।

त्यसका लागि स्वास्थ्य कार्यालयले जिल्लामा १९ वटा खोप केन्द्र तय गरेको छ। सो खोप केन्द्रमा बिहान १० देखि अपराह्‍न ४ बजेसम्म पुगेर  पहिलो डोज खोप लगाएकाहरूलाई कोरोनाविरुद्धको  दोस्रो डोज खोप लगाउन स्वास्थ्य कार्यालय काठमाडौँले  आग्रह गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.