|

दैलेख : आज विश्वासको मत लिने तयारीमा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पक्ष वा विपक्षमा राप्रपाले मतदान नगर्ने भएको छ। राप्रपाले केन्द्रको  निर्णयअनुसार प्रदेशमा पक्ष वा बिपक्षमा मतदान नगर्ने निर्णय भएको राप्रपा कर्णालीले जनाएको हो।

राप्रपा कर्णाली प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य दीपबहादुर शाहीले भने, 'पार्टी केन्द्रको निर्णयअनुसार हामी कर्णालीमा प्रदेश सरकारको पक्ष वा विपक्षमा मतादान गर्दैनौं।'

कर्णाली प्रदेश सभामा ४० जना सांसद रहेकामा एमालेतिर लागेका माओवादीका सांसदलाई पार्टीले कारबाही गर्दा प्रदेश सभामा ३९ जना सांसद मात्र रहेका छन्। प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत सदस्यको विश्वासको मत लिन २० जना सांसद आवश्यक पर्छ।

कर्णाली प्रदेश सभामा माओवादीका सांसदको संख्या १२ जना मात्र रहेको छ। त्यसमध्ये १९ जना नेकपा एमाले, ६ जना कांग्रेस र १ जना राप्रपाका सांसद छन्। राप्रपा तटस्थ बस्ने भएपछि मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन हम्मे पर्ने देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.