|

काठमाडौं : दिदीको घरमा जान्छु भनेर हिँडेका एक किशोर ९ दिनदेखि बेपत्ता भएका छन्। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ४ का १५ वर्षीय कमल दाहाल बेपत्ता भएका हुन्।

उनी ९ दिनदेखि काठमाडौंको गान्धीमोडबाट बेपत्ता भएको परिवारले जनाएको छ। चैत २६ गतेबाट काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ गान्धीमोडको सहकारी भवन आसपासबाट हराएको बुबा केशव दाहालले बताए।

'दिदीकोमा जान्छु भनेर २६ गते दिउँसो ३ बजेतिर निस्किएको थियो। त्यही दिनबाट परिवारको कोहीसँग पनि सम्पर्कमा आएका छैन', उनले भने। छोरो हराएको भन्दै प्रहरीकोमा समेत जाहेरी दिइसकेको उनले बताए। आफ्नो छोरालाई कसैले देखे भेटेमा ९८४१९२४०७२ मा सम्पर्क गरिदिन आग्रहसमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.