हालसम्म १७ हजार ८४ मा सङ्क्रमण, २ सय ७ जनाको मृत्यु

|

पर्वत : केही समयदेखि संक्रमणको दर निकै घटेको गण्डकी प्रदेशमा परीक्षण दायरा बढाएसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार शुक्रवार मात्रै प्रदेशका विभिन्न जिल्लाहरूमा गरेर एक सय आठ जनामा संक्रमणको पुष्टि भएको छ।

निर्देशनालयका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदबिन्दु शर्माद्वारा जारी गरिएको शुक्रवारको पहिला विज्ञप्तिमा दुई जिल्लाका १६ जनामा संक्रमणको पुष्टि गरिएको छ। उनीहरू कास्कीको पोखरा महानगरपालिकाको विभिन्न वडाका १५ जना र बागलुङको बागलुङ नगरपालिका–१ का एक जना छन्।

दोस्रो विज्ञप्तिमा तीन जिल्लाका ३२ जनामा संक्रमणको पुष्टि गरिएको छ। उनीहरू पोखरा महानगरपालिकाको विभिन्न वडाका–२३ जना, बागलुङको बागलुङ नगरपालिका सात जना र तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई जना रहेका छन्। यस्तै निर्देशनालयको तेस्रो विज्ञप्तिमा नवलपरासीको देवचुली नगरपालिकाका एक जना तथा कावासोती नगरपालिकाका दुई जना गरी तीन जनामा संक्रमण भएको जानकारी दिइएको छ।

चौथो विज्ञप्तिअनुसार तीन जिल्लाका ११ जनामा संक्रमणको पुष्टि गरिएको छ। उनीहरू कास्कीको पोखरा महानगरपालिकाको विभिन्न वडाका पाँच जना, स्याङ्जाको वालिङ नगरपालिकाका पाँच जना र गोरखाको चुमनुम्ब्री गाउँपालिकाका एक जना छन्। पाँचौँ विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिकाका मात्रै १७ जनामा संक्रमणको भएको जानकारी दिइएको छ।

यस्तै छैटौँ तथा शुक्रवारको अन्तिम विज्ञप्तिमा विभिन्न चार जिल्लाका २९ जनामा कोरोना संक्रमणको पुष्टि गरिएको छ। थपिएकाहरूमा कास्कीको पोखरा महानगरपालिकाको विभिन्न वडाका २५ जना, बागलुङको बागलुङ नगरपालिकाका दुई जना, म्याग्दीको मङ्गला गाउँपालिकाका एक जना र पर्वतको जलजला गाउँपालिकाका एक जना रहेका छन्।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या सत्र हजार ८४ पुगेको छ। कोरोना संक्रमण पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या दुई सात पुगेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.