|

झापा : बिनाभिसा चोर बाटोबाट नेपाल प्रवेश गर्न लागेका दुई चिनियाँ नागरिक दशगजा क्षेत्रबाट पक्राउ परेका छन्।

नेपाल भारतको सीमा पिलर ८७ ४ नम्बर नजिकैबाट झापाको नकलबन्दा प्रवेश गर्न लागेका दुई चिनिया नागरिकलाई दशगजा क्षेत्रबाट भारतीय एसएसबीले शुक्रवार दिउँसो पक्राउ गरेको हो। 

चिनिया नागरिकलाई नेपाल प्रवेशमा सहयोग पुर्याउने एक भारतीय नागरिकलाई समेत एसएसबीले पक्राउ गरेको जनाइएको छ। पक्राउ पर्ने चिनिया नागरिकको नाम चेन जिफ़ा, डिङ शोउ शेंग र भारतीय नागरिक मोहम्मद हनिफ छन्। उनीहरूलाई एसएसबीको ८ औं बटालियनको मुख्यालय कम्पनी बदामिनीराम जोतको टोलीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

एसएसबीले उनीहरूको साथबाट दुई हजार चार सय नेपाली रुपैयाँ, एक हजार भारतीय रुपैयाँ, अमेरिकन ९० डलर र एउटा ७४ एएफ ४२८३ नम्बरको मोटरसाइकल बरामद गरेको छ।

चिनियाँ नागरिकले एसएसबीलाई आवश्यक कागजात देखाउन नसकेपछि थप अनुसन्धानका लागि नक्सालवारी प्रहरीलाई जिम्मा लगाइसकेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.