|

काठमाडौं : नेपाल बंगलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धकमा रामकुमार महत नियुक्त भएका छन्। उनले बैशाख २ गतेका दिनदेखि कार्यभार सम्हालिसकेका छन्।

महतसँग मर्चेन्ट बैंकिङ क्षेत्रमा विगत १६ वर्षके अनुभव छ। नेपाल बंगलादेश बैंकको सहायक कम्पनी रहेको नेपाल बंगलादेश क्यापिटलले पुँजी बजारमा शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूति तथा संस्थागत परामर्शदाताका रुपमा कार्य गर्दछ।

यस कम्पनी धितोपत्र सम्बन्धी ऐन तथा सोअन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानुनको अधीनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कारोबार गर्न अनुमति प्राप्त संस्था हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.