|

उनले मेरो नागरिकता मागिन्।

‘उमेर थाहा हुन्छ, अहँ दिन्नँ!’

‘केटा मान्छेको उमेर थाहा भएर के हुन्छ त? तलब पो थाहा दिन नहुने होला!’

‘अहिलेको जमानामा पनि केटा र केटीबीच विभेद! दुवैले एक अर्काको दुवै कुरा थाहा पाउनु हुँदैन।’

अफिसको प्रशासनमा पुगेर उनले नागरिकता फेला पारिछन्।

उमेर पत्ता लागिहाल्यो।

सोचेँ - जन्मदिनमा ‘सरप्राइज’ दिन होला।

जन्मदिन गयो, तर उपहार आएन।

बरू, त्यो दिनदेखि उनी परऽऽ परऽऽऽ भइरहेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.