|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कर्णालीको राजनीति विधि नमान्नेलाई एक सबक भएको बताएका छन्। 

शुक्रबार कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाही हटाउने विषयमा एमाले नेता माधवकुमार नेपाल समूहका चार सांसदले पार्टीको ह्वीप उल्‍लंघन गरेको विषयलाई लिएर नेता शर्माले यस्तो बताएका हुन्। 

उनले फेसबुकमा लेखेका छन्, 'कर्णालीमा राजनीति ! राजनीतिमा विधि नमान्नेलाई एक सबक मात्र होइन राष्ट्रिय राजनीतिक संकट समाधानको लागि मार्गदर्शन पनि हो।' उनले कर्णालीको राजनीतिले राष्ट्रिय राजनैतिक संकट समाधानको लागि मार्गदर्शन भएको पनि बताएका छन्। 

शुक्रबार माधव समूहको प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेका थिए। उनीहरूलाई एमाले संसदीय दलको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी हटाउने निर्णय गरिसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.