|

बैतडी : दशरथचन्द नगरपालिका-१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको छ। हत्या आरोपमा दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडाका १८ वर्षीय नारायण भुललाई नियन्त्रणमा लिइएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए।

मामाघर दोगडाकेदार आएका भाञ्जा महेशमाथि मामा नारायणले शनिबार बिहान साढे ११ बजे घरमै  हतौडा  प्रहार गरेको प्रहरीले बताएको छ। हतौडा प्रहारबाट महेशको घटनास्थलमै मत्यु भएको हो।

हत्या गर्नेको कारण खुल्न नसकेको चौकीका इञ्चार्ज बमले बताए। महेश आमासँगै मामाघर आएको बताइएको छ। प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ।  घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थल जाने तयारीमा छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.