|

गुल्मी : गुल्मीमा सवारी कारबाहीबाट ९ महिनाको अवधिमा करिब ४४ लाख राजश्व संकलन भएको छ। साउनदेखि चैत सम्म नौ महिनाको अवधिमा कुल ४३ लाख ८८ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको हो।

सो अवधिमा कुल ६ हजार सात सय ५० सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए। आचार्यका अनुसार साउनमा चार सय ५० सवारीबाट दुई लाख ७२ हजार पाँच सय, भदौमा चार सय ५० सवारी कारबाहीबाट दुई लाख ७९ हजार, असोजमा ६ सय सवारी कारबाहीबाट चार लाख २३ हजार पाँच सय राजश्व संकलन भएको छ।

यस्तै कार्तिकमा सात सय ५० सवारीबाट पाँच लाख १२ हजार, मंसिरमा आठ सय सवारीबाट पाँच लाख ७० हजार, पुसमा ९ सय सवारी कारबाहीबाट पाँच लाख ६४ हजार पाँच सय, माघमा ९ सय सवारी कारबाहीबाट पाँच लाख ७४ हजार, फागुनमा ९ सय ५० सवारी कारबाहीबाट पाँच लाख ९५ हजार पाँच सय तथा चैतमा ९ सय ५० सवारी कारबाहीबाट पाँच लाख ९५ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख आचार्यले जानकारी दिए।

चैत महिनामा संकलन गरिएको राजश्व जिल्लामा ट्राफिक कार्यालय स्थापना भएदेखि हालसम्मकै उच्च रहेको कार्यालय प्रमुख आचार्यले बताए। गत आर्थिक वर्ष ०७६/७७ मा कुल पाँच हजार ८७ सवारी कारबाहीबाट ३१ लाख ८९ हजार राजश्व संकलन भएको थियो।

गत आर्थिक वर्षको भन्दा यस वर्षको तीन महिना अगावै १२ लाख बढी राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ। आर्थिक वर्ष ०७५/७६ मा कुल ६ हजार तीन सय ८९ सवारी कारबाहीबाट ३८ लाख २९ हजार राजश्व संकलन गरिएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.