|

काठमाडौं : त्रिदेशीय टि-२० क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्यान्ड्सविरुद्ध विजयी सुरुवात गरेको छ ।

शनिबार घरेलु मैदानमा कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट अर्धशतकीय पारी खेलेसँगै नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।

नेदरल्याण्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमै एक विकेट गुमाएर पार गर्यो। कुशलले डेब्यु खेलमै अर्धशतकीय पारी खेले। ४६ बल खेलेका उनले ६२ रनको महत्वपूर्ण योगदान गरे। उनले ५ छक्का र ५ चौका हिर्काए। 

अर्धशतकीय पारी खेलेका अर्का खेलाडी आसिफले ३८ बलमा अविजित ५४ रन बनाए। उनले ४ छक्का र ४ चौका हिर्काए। कप्तान ज्ञानेन्द्र मल्ल ७ बल खेल्दै १३ रनमा अविजित रहे। 

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको पाहुना टोली नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो।

उसका लागि बस डि लिड्सले सर्वाधिक ४१ र स्कट इडवार्डस्ले ३० रनको योगदान गरेका थिए। नेदरल्याण्ड्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले २, सोमपाल कामी र साहब आलमले एक/एक विकेट खसालेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.