|
फाइल फोटो

काठमाडौं : पछिल्लो समय कोरोना संक्रमित बढेसँगै आइसियु र भेन्टिलेटरमा पुग्ने संक्रमितको पनि संख्या बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ४५ जना संक्रमित भेन्टिलेटरमा र ९४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश एकमा २ जना संक्रमित आइसियुमा, प्रदेश दुईमा सात जना आइसियुमा, बाग्मती प्रदेशमा ४४ जना आइसियुमा र २६ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ३ जना आइसियुमा र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३० जना आइसियुमा र १४ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ५ जना आइसियुमा र एकजना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा तीन जना आइसियुमा र ३ जना भेन्टिलेटरमा उपचार रहेको मन्त्रालयले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.