|

भक्तपुर : बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा द्यो स्वगं पुजा (सगुन पूजा) धुमधामका साथ मनाइएको छ। शनिबार बिहानैदेखि स्थानीयहरू समूहसमूहमा परम्परागत बाजाहरू धिमे बाजा, बाँसुरी बाजाका साथ भजन खलःहरूले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमा गरी विभिन्न देवीदेवताहरुलाई द्यो स्वंग (सगुन) दिएका छन्।

पूजामा स्थानीय परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर सहभागी भएका थिए। सबै देवीदेवतालाई आ-आफ्ना द्योः छें (देव घर)बाट निकाली चोक तथा डवलीमा राखिएको थियो।

पूजाका क्रममा सहभागीले देवी देवतालाई आ–आफ्ना गच्छेअनुसारका परिकार चढाएका थिए। यसवर्ष भक्तपुर नगरपालिका चोछेंस्थित चोछें दाफा भजन खलःको आयोजनामा द्यो स्वंग दिइएको हो। यो पुजा प्राचिन कालदेखि नै संचालन हुँदै आएको इतिहासमा उल्लेख छ।

बिस्का जात्राका क्रममा विध्नबाधा वा केही भुलचुक भए माफ पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताको पुजा गर्ने प्रचलन रहेको संस्कृतिविद्हरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.