'पार्टीको स्वाधीनता र एकताका लागि कर्णालीमा ह्वीप उल्लंघन'

|

धनगढी : नेकपा एमालेका नेता डा भीम रावलले पार्टीको स्वाधीनता र एकताका लागि ह्वीप उल्लंघन गरेको बताएका छन्। शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा बोल्दै डा रावलले कर्णाली प्रदेशमा एमालेका प्रदेश सांसदहरूले आफ्नो स्वार्थका लागि ह्वीप उल्लंघन नगरेको बताएका हुन्।

नेता रावलले एमाले पार्टीमा विधान र अनुशासनमाथि मनपरी गर्नेको विरुद्धमा  कर्णालीका सांसदहरूको कदम रहेको बताए। उनले कर्णालीसँगै सुदूरपश्चिममा पनी सो अवस्था देखिने  दाबी गरे।

उनले भने, ‘आवश्यक परे सुदूरपश्चिममा पनि यस्तो कदम चल्न सक्छ। यो कदम देशभर पनि हुन सक्छ। कार्यकर्तालाई मनपरी निकाल्न खोज्यो भने यस्तो कदम चाल्न सक्छौं।'

कर्णालीमा मुख्यमन्त्रीलाई प्रधानमन्त्री केपी ओलीले प्रमुख सतेचक हटाउने वा राख्ने विषयमा एकलौटी निर्देशन दिँदै पत्र पठाएदेखि नै यसको बिउ रोपिएको उनले बताए।

एमाले पार्टी फुट्नसक्ने

अर्को सन्दर्भमा बोल्दै नेकपा एमाले माधव समूहका नेता भीम रावलले स्थितिअनुसार पार्टी फुट्न सक्ने बताए। पार्टी विभाजन प्रधानमन्त्री ओलीले चाहेको उनले आरोप लगाए।

उनले भने, ‘पाटी विभाजन गर्न हामीले खोजेको होइन, केपी ओलीले खोजिरहनुभएको छ। हामी पार्टी विभाजनलाई रोक्नका लागि झण्डा उठाइरहेका छौं। तर, भोलि निर्वाचनमा जाने कामका लागि पार्टीको कुनै एउटा स्थिति आइपुग्यो भने हामीले जुनसुकै कदम पनि चाल्नुपर्छ। त्यसका लागि तयार भइरहनुहोला।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.