|

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज हुँदा करेन्ट लागेर चानुवाका चन्द्रबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो।

करेन्ट लागेर अन्य १५ जना घाइते भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए। टिभीको प्लक जोड्ने तथा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर उनीहरू घाइते भएको प्रहरीले जनाएको छ।

घाइते मध्ये ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीया पदमकुमारी श्रेष्ठ, ९ वर्षीया सावित्रा निरौला र ६ वर्षीया लाजिहाङ जिमीलाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। यस्तै २० वर्षीया रमा रोक्का, ४२ वर्षीया लीलादेबी भण्डारी, ६०  वर्षीया मोतीमाया जिमी, १८ वर्षीया सम्झना लिम्बु र २३ वर्षीया तारा कटुवाल पनि थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

घाइते अन्य ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। चानुवा क्षेत्रमा केही दिनदेखि विद्युत नभएको र विद्युत आउनसाथ विद्युतीय सामग्री चार्ज गर्ने क्रममा धेरैलाई करेन्ट लागेको स्थानीयले बताएका छन्।

हाइभोल्टेज विद्युत प्रवाह हुँदा धेरैका घरमा मोवाइल, टिभी जलेका छन्। त्यो ठाउँमा कसरी हाइभोल्टेज विद्युत प्रवाह भयो भन्ने विषयमा अनुसन्धान भइरहेको विद्युत प्राधिकरण धनकुटाका प्रमुख दिपक सापकोटोले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.