|

नवलपरासी : पूर्व-पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। बुटवलबाट नारायणगढतर्फ गइरहेको बस विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित राजमार्गबाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले साँझ करिब पौने ५ को समयमा ना ५ ख ७००० नम्बरको बस राजमार्गबाट खसेको जानकारी दिए। बसमा कति यात्रु सवार थिए भन्ने नखुलेको उनले बताए।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लको कमाण्डमा प्रहरी परिचालन भएर घाइतेहरूको उद्दार कार्य भइरहेको गिरीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.