|

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका–१ सिहबाहिनीस्थित मनुषा टीकासिंह थापा बहुमुखी क्याम्पसलाई ठाकुरबाबा नगरपालिकाले सेनेटरी प्याड हस्तान्तरण गरेको छ।

ठाकुरबाबा नगरपालिकाकी नगर उप–प्रमुख कृष्णा कुस्मा थारु, स्वास्थ्य शाखा संयोजक इन्द्र बहादुर राजवशी लगायतले क्याम्पसमै पुगेर तीन सय ६० पिस सेनेटरी प्याड उपलब्ध गराएका हुन्।

महिनावारी भएका बेला छात्राको पढाइमा बाधा नपुगोस भनेरपछिल्लो समय नगरका विद्यालयमा सेनेटरी प्याड वितरणलाई प्राथमिकता दिएको नगरपालिकाले जनाएको छ। महिनावारी भएकै कारण छात्रा क्याम्पस जानबाट नरोकिउन भन्नका लागि प्याड वितरण गरेको नगर उपप्रमुख थारुले बताइन्।

बर्दिया ग्रामिण क्षेत्र भएकाले विद्यालय स्तरका छात्राहरू मात्र नभइ क्याम्पस स्तरका छात्रामा समेत महिनावारी भएको समयमा लजाउने समस्या कायमै रहेको क्याम्पसका प्रध्यापक टेकराम चौधरीले बताए।

महिनावारी हुँदा बीचमै कक्षा छोडेर घर जानुपर्ने बाध्यता थियो, तर अब क्याम्पसमै प्याड उपलब्ध भएपछि पढाइमा बाधा नआउने बिबिएस प्रथम वर्षमा अध्ययनरत छात्रा राधिका आचार्यले बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.