|

झापा : नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी उत्कृष्ट नागरिक घोषित भएका छन्। कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक समेत रहेका भण्डारीलाई वीरता जेसीज बिर्तामोडले वर्ष २०२१ को उत्कृष्ट नागरिक घोषणा गरेका हुन्।

झापाका अग्रज पत्रकार भण्डारीलाई वीरता जेसीजले शनिबारमा बिर्तामोडमा एक समारोहका बीच उत्कृष्ट नागरिकको सम्मान गरेको हो। नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भण्डारीलाई सम्मान पत्र प्रदान गरे।

उत्कृष्ट नागरिक घोषणा भएसँगै पत्रकार भण्डारीलाई झापाका विभिन्न एक सय ३१ वटा सङ्घसंस्थाले सामूहिक रुपमा अभिनन्दन गर्दै सम्मान समेत गरेका थिए। उत्कृष्ट नागरिकको अभिनन्दनपछि पत्रकार भण्डारीलाई नगर परिक्रममा गराइएको थियो।

वीरता जेसीज बिर्तामोडले हरेक वर्ष विभिन्न क्षेत्रमा क्रियाशील एक जनालाई उत्कृष्ट नागरिक घोषणा गर्दै सम्मान गर्दै आएको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए। २०१३ फागुन २२ गते साबिक शान्तिनगर–९ मा जन्मिएका भण्डारी पत्रकारितासँगै राजनीतिक, सङ्गीत, साहित्य क्षेत्रमा पनि  त्यत्तिकै परिचित छन्। भण्डारी पत्रकार संघबाट महासंघमा रुपान्तरण भएपछि पहिलो महासचिव भएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.