|

दैलेख : दैलेखमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दुल्लु नगरपालिका–२ का ३२ वर्षीय पुरुष छन्।

दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले भारतबाट कोरोना पुष्टि भएर आएका ति पुरुषको शनिबार बिहान मृत्यु भएको जानकारी दिए।

शनिबार नै उपचारका लागि दुल्लु अस्पतालमा भर्ना गरिएका ति युवकको दिउँसो २ बजे मृत्यु भएको नगर प्रमुख भण्डारीले थाहा खबरलाई जानकारी दिए। ति युवक हिजो शुक्रबार भारतबाट दुल्लु आएको बुझिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.