|

भारतमा कोरोना भाइरस संक्रमणको दर उच्च गतिमा बढिरहेको छ। मृत्यु दर पनि दैनिक एक हजारभन्दा धेरै छ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ६० हजार ७७८ जना संक्रमित थपिएका छन्। एकै दिन यति धेरै संख्यामा संक्रमित थपिएको पहिलोपटको हो।

सोही अवधिमा १ हजार ४०० जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म एक लाख ७७ हजार १६८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ। यस्तै‚ संक्रमितको संख्या एक करोड ४७ लाख ८२ हजार ४६१ पुगेको छ।

अघिल्लो २४ घण्टामा एक हजार ३४१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। यस्तै, सोही अवधिमा दुई लाख ३४ हजार ६९२ जना संक्रमित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.