काठमाडौं : प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दैछ ।
बैठकमा देखिएको गतिरोध अन्त्य निम्ति आज दिउँसो १ बजे डाकिएको सभामा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने तयारी गरेका छन्।
विशेष समयमा बोल्न नदिए प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने तयारीमा राई छन्।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले सदनमा आइतबार मुख्यमन्त्री राईले विशेष समय लिएर बोल्ने तयारी गरेका बताए ।
‘प्रतिपक्षी दलहरूले विशेष समयमा मुख्यमन्त्रीज्यूलाई बोल्न नदिए सरकारले आवश्यक निर्णय लिन्छ,’ उनले भने, ‘अहिले सदनको गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूसँग छलफल भइरहेको छ, निकास ननिस्किए सरकारले निर्णय लिनेछ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।