|

काठमाडौं : भेरी प्रदेशिक अस्पताल नेपालगञ्‍जमा बितेको २४ घन्टामा  ८१ जनाको पिसिआर परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

श्‍वासप्रश्‍वाससम्बन्धी समस्या, ज्वरो वा अन्य लक्षणसहित अस्पताल आएकाहरूमा गरिएको पिसिआर परीक्षणमा २४ घन्टामा ७५ मा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ, ‘यी नमुनाहरू श्‍वासप्रश्वाससम्बन्धी समस्या, ज्वरो वा अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरूबाट चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा गरिएकोले पोजेटिभ रेट यति उच्च आएको हो। समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरी परीक्षण गर्नु आवश्यक छ। यसको निम्ति नेपाल सरकारबाट पर्याप्त रियाजेन्टरअन्य आवश्यक सामग्री प्राप्त हुने र स्थानीय निकायहरूबाट नमुना संकलन गरि पठाइदिने हो भने परीक्षणको दायरा थप बढाउन भेरी अस्पताल हरदम तयार छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.