|

काठमाडौं : भाउजुको हत्या गरी एक युवकले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

काठमाडौं महानगरपालिका-१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीले शनिबार ४८ वर्षीया रोशनी राजभण्डारीको हत्या गरी महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर आत्मसमर्पण गरेका हुन्।

प्रहरीका अनुसार मोहनले काठमाडौं-१० बुलबुले मार्गस्थित सडकमा रोशनीलाई फलामको खन्तीले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते रोशनीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.