|

डा. तीर्थराज भण्डारी

हाम्रो देश, समाज र जनस्तरमा विगत केही वर्षमा सकारत्मक परिवर्तन आएकै छन्। कुरा त्यति मात्र हो, जुन अनुपातमा आउनुपर्ने त्यो अनुपातमा आयो कि आएन भन्ने हो।

आजभन्दा ५०–६० वर्ष पहिला दक्षिण कोरिया र हाम्रो देशको प्रतिव्यक्ति आय उस्तै थियो। आज कोरिया कहाँ पुग्यो? कोरियाको कुरै छाडौँ, इथोपियाको प्रतिव्यक्ति आय पनि नेपालबराबर हुन लाग्यो, केही सेक्टरमा त नेपालभन्दा अगाडि पुगिसक्यो। जुन देशमा आजभन्दा करिब ३० वर्ष अघिसम्म भोकमरी समस्या व्याप्त थियो।  Every country has the government it deserves– Joseph De Maistre 

यो भनाइ देशको लागि मात्रै लागू हुँदैन, यो त एउटा एकल परिवारदेखि विश्वविद्यालयसम्म लागू हुन्छ। हामी सबैलाई यो थाहा नभएको नि होइन, देश बने जनतालाई फाइदा हुन्छ, नेतालाई झन् थाहा छ। 

केही मैले बुझेका कारण चाहिँ हामीमा ‘आफ्नो भलो त, जगतै भलो भन्ने सोच व्‍याप्त छ, चाहे उक्त व्यक्ति जति नै ठूलो जिम्मेवारीमा किन नहोस्, जसको असर हजारौं, लाखौं, करोडौँलाई किन नपरोस्।

त्यति मात्रै होइन जति पनि इकाइ छन्, त्यसको राम्रो हुँदा त्यसको फाइदा नजिकको पात्र, वा संस्थालाई नै हुने हो। यी सबैको अनविज्ञ आजको नेपाली समाजमा कोही छन् जस्तो लाग्दैन।

हामी सबैमा भएको के हो त, किन नेपाल देश, र समाज अपेक्षाकृत रूपमा परिवर्तन हुन सकेन?  हुन त मेरो खासै त्यति धेरै अध्ययन त छैन, अहिलेसम्म धेरै जस्तो समय मेडिकल  क्षेत्रकै किताब पढेर बिते, त्यही पनि फुर्सद हुँदा अलिअलि अध्ययन गर्ने गर्छु कहिलेकाहीँ समाज, देश र मानव जातिको बारेमा।

मेरो बुझाइमा कुनै पनि देश, समाज अपेक्षाकृत उन्नति गर्न नसक्नु कुनै एक कारणले मात्रै हुँदैन। यो त सबै एक अर्कासँग गाँसिएको हुन्छ।​ Leader  should think one step more than public– unknown यो राजनीतिक नेतृत्वलाई मात्रै होइन, घरदेखि ठूला ठूला संस्थानका नेतृत्‍वका लागि हो।

हामीले यदि विश्व इतिहास हेर्‍यौँ भने जति पनि आज विकाशित देश छन्, तिनीहरूमा जनताको सोच र नेताको दूरदृष्टिले मात्रै परिवर्तन भएका छन्।

के यो दुवै चिज एकैपटक हुन सम्भव छ त? खासै त्यस्तो देखिँदैन। कही जनताले दुःख पाएर वा  भोगेर परिवर्तन सुरु भयो त, कतै नेतृत्वको दूरदृष्टिबाट सुरु भए, कतै सम्योगवश एकैपटक पनि भए होलान्।

आजको प्रजातान्त्रिक समाजमा त झन् एक अर्कालाई सन्तुलन राख्‍ने विविध तरिका छन्, मात्रै त्यसको प्रयोग कुशल तरिकाले गरियो कि गरिएन भन्ने हो। हामी सबैमा भएको कमजोरीको प्रमुख कारक नै यही हो। 

केही मैले बुझेका कारण चाहिँ हामीमा ‘आफ्नो भलो त, जगतै भलो भन्ने सोच व्‍याप्त छ, चाहे उक्त व्यक्ति जति नै ठूलो जिम्मेवारीमा किन नहोस्, जसको असर हजारौं, लाखौं, करोडौँलाई किन नपरोस्।

नेपाल देशको आफ्नै जटिलताहरू पनि उत्तिकै छन्,

– भौगोलिक जटिलता

– भूपरिभेष्टित हुनु

– कुनै बहुमूल्य चिजको खानी उत्खनन नहुनु वा गर्न नसक्नु

– छिमेकी देश ठूलो भए पनि उनीहरुको स्थिति पनि केही दशक अघिसम्म खासै गतिलो नहुनु

– जब छिमेकी देश शक्तिशाली हुन थाले, तिनको  प्रभाव पर्नु

– नेपाल मा १० वर्षे जनयुद्धको दुःखबाहेक, खासै ठूलो दुःख नेपालले भोग्न नपरेको

– केही हदसम्मा जनसंख्या तुलनात्मक रुपमा कम हुनु, भएकाले नि जुन परिवर्तनशील समूह छ, त्यसले देशमा भविष्‍य नदेख्‍नु, जसमा पूर्ण सत्यता छैन। यति हुँदा हुँदै पनि के नेपाल बस्नै नसकिने देश हो त अहिले? यो गम्भीर प्रश्न अहिलेको युवामा धेरै छ। यसको उत्तर निरपक्ष रूपमा दिन सकिन्न। आजको विश्व ‘ग्लोबलाइजेसन’मा गइसक्यो,  we are citizen या earth भन्ने सोचमा नि पुग्ला कुनै दिन।

यति हुँदा हुँदै पनि केही मानिसको घर, समाज र देशलाई आवश्यक हुन्छ, त्यो कुरा उसलाई पनि थाहा हुन्छ, त्यही पनि देश छाडिरहेको हुन्छ। सोचको भुमरी परेर केही फरक र राम्रो परिवर्तन लोभले।

आजको नेपाल केही समूहबाहेक अरूले देश नै छाड्नुपर्ने स्थिति चाँहि देखिँदैन, त्यो पनि केहीले छोटो त केहीले लामो समय। जीवन बहुआयामिक चिज हो। त्यसको धेरै पाटा छन्, एउटा पाटो राम्रो बनाउन खोज्दा अर्को कति गुमाउने भन्ने कुरा हो।

मैले बुझेको केही समूहबाहेक बाँकीले देश छाड्नु भनेको, उता गएपछि नेपाल, नेता, परिवार र समाजलाई गाली गरेर काट्नु हो। नेपाल अझै पनि धेरै कुरामा पछि नै छ। यो सत्य पनि बिर्सनु  हुन्न। यति भन्दैमा बस्न लायक छैन चाँहि होइन, विदेश केही उद्देश्य प्रप्तिको लागि हुनुपर्छ। त्यो होइन कि पूरै जीवन उतै काट्नुपर्छ।

देश छोड्दा केही कुरा विचार गरियो भने खासै पछुताउनु पर्दैन। मेरो जीवनमा थप पैसाको कति महत्व छ, मैले गर्न खोजेका कुरा के कति सम्भव छन्। मैले जीवनमा कति घुम्नु, भोग्नु र अध्ययन गर्नुछ। जुन कुरा यहाँ अपूर्ण छन्। विचार गरेर निर्धारण गर्नुपर्छ।

मैले देशको कुरा गर्दा बीचमा केही बाटो मोडियो, किनकि आजको देश परिवर्तन गर्न युवा नै प्रमुख हुन्। युथले आफ्नो भूमिका बढाउन सके मात्रै सम्भव छ, त्यसका लागि यही बस्नुपर्छ भन्ने नि छैन। कुनै न कुनै रूपमा स्पर्श गरे पनि पुग्छ। जसमा आर्थिक र बौद्धिक प्रमुख हुन्।

हामीले केही आफ्ना सोचमा पनि परिवर्तन ल्याउन उत्तिकै आवश्यक छन्। जुनमा बुझ्नैपर्ने कुरा हो आफ्नो भूमिका। न त हाम्रो समाज कुनै एक तप्काले मात्रै चलाउँछ न त हाम्रो शरीर नै कुनै एक अंगले मात्र  चल्छ । कसको भूमिका कति हो र आफ्नो भूमिकाको बोध हुनुपर्छ।

मष्तिस्क र मुटुको जति आवश्यकता बाँच्नलाई छालाको पनि उत्तिकै छ, तर कसको प्रभाव बढी छ भन्ने कुराको बोध हुनु हो। तर, एउटा आँखा नहुँदा देख्न सक्छ, दुवै नहुँदा पनि बाँच्न चाहिँ सक्छ, त्यो मष्तिस्क र मुटुमा लागू हुन्न।

राम्रो सोच, विचार, बोध सबैले डोराउँछ जीवन,

हिँड्दै पाइला मेट्दै गरेर नि चल्छ जीवन,

जसरी पनि चल्छ जीवन,

कम्तीमा अरूलाई असर नगरी बाँच्न सिकौँ,

जीवन मात्रै होइन, देश, संसार नै बन्छ।

(डा. तीर्थराज भण्डारी डडेल्धुरा अस्पतालका एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुख हुन्।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.