|

धनगढी : मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम सरकार तत्काल परिवर्तन नहुने बताएका छन्। नेपाल पत्रकार महासंघ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले सञ्चारमाध्यममा आए जस्तो सरकार परिवर्तनको सम्भावना नरहेको बताए। उनले केही नेताहरु सरकार परिवर्तन गर्न लागिपरेको आरोप समेत लगाए।

‘हिजो हामीले नेता मानेकाहरू आज सुदूरपश्चिम प्रदेश सरकार हटाउने मिसनमा छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘पछिल्लो समय सरकारको विषयमा पनि धेरै समाचार आएका छन्। तर, त्यस विषयमा कुनै छलफल भएको छैन।’

उनले प्रदेशमा केन्द्रीय राजनीतिको असर परेको बताएका छन्। जसका कारण परिस्थिति जटिल बनेको मुख्यमन्त्री भट्टको टिप्पणी छ।

कोरोना महामारी नियन्त्रणमा संघीय सरकारबाट असहयोग

मुख्यमन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा संघीय सरकारबाट सहयोग नभएको आरोप लगाएका छन्। जसका कारण प्रदेश सरकारलाई समस्या भएको उनले बताए।

भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकाहरूलाई उद्धार गर्ने, परीक्षणको दायर बढाउने, अस्पताल स्थापना र औषधिको व्यवस्थापनमा संघीयसरकारबाट असहयोग भएको मुख्यमन्त्री भट्टले दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.