|

विराटनगर : प्रदेश १ को सातौँ हिँउदे अधिवेशन आइतबार मध्यरातबाट अन्त्य हुने भएको छ।  प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै आइतबार रातको १२ बजेबाट सातौँ हिँउदे अधिवेदशन अन्त्य हुने जनाएको हो।

‘पदेश १ मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले संविधानको धारा  १८३ को उपधारा २ बमोजिम आइतबार १२ बजेदेखि प्रदेश सभाको सातौँ तथा चालू हिँउदे अधिवेशन अन्त्य हुनेछ।’ जारी विज्ञप्तिमा उल्लेख छ।

आइतबार १ बजे बसेको अन्तिम बैठकमा विशेष समय लिएर मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने तयारी भए पनि प्रतिपक्षले उठेर विरोध गरिरहेपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.