|

विराटनगर : बुढीगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

आइतबार बिहान सवा १० बजे उत्तर जाँदै गरेको  ना ६ ख  ३०४० नम्बरको ट्रकले  को ९ प २६८१ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर महानगरपालिका-१४ जतुवाका ४५ वर्षीय अन्जनी सिंहको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते सिंहको विराट मेडिकल कलेज गंगाचौकमा उपचारको क्रममा बिहान पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

ट्रक र चालक बाराको निजगढ कोल्बी नगरपालिका-२ का ३२ बर्षीय भिमबहादुर विक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.