|

काठमाडौं : बालबालिकामा कोरोना भाइरस संक्रमण बढ्दै गएको हुँदा उनीहरूलाई अतिआवश्यक परे मात्र घर बाहिर लैजान बाल रोग विशेषज्ञ चिकित्सक संगठन नेपाल पेडियाट्रिक सोसाइटीले  आग्रह गरेको छ।

सोसाइटीले आज एक विज्ञप्ती निकाल्दै बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको हुँदा बालबालिकालाई सकभर घरभित्रै राख्न र बाहिर निस्कनै परे जनस्वास्थ्यको मापदण्ड पालना गर्न अभिभावकलाई आग्रह गरेको छ।

सोसाइटीले जारी गरेको अपिलमा भनिएको छ – अतिआवश्यक कामबाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भीडभाडमा नलैजानुहोस्, केही गरी जान परेमा स्वास्थ्यका मापदण्ड अपनाउनुहोस्, अहिले रोग द्रुत गतिमा फैलिरहेको र स्वास्थ्य मन्त्रालयसमेत विद्यालय भर्चुअल कक्षा सञ्चालन गर्न अनुरोध गरेकाले स्वास्थ्य मापदण्ड पूरा हुने अवस्था भए मात्र बालबालिकालाई विद्यालय वा कलेज पठाउनुहोस्।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.