|

बीरगञ्ज : नारायणी अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो करिब १ बजेर ४० मिनेट जाँदा वीरगञ्ज महानगरपालिका वडा-१६ की ५१ वर्षीय महिलाको कोरोना  संक्रमणका कारण मृत्यु भएको अस्पतालका कोभिड-१९ का संयोजक डा.सरोज रोशन दासले जानकारी दिए।

डा. दासका अनुसार ती महिलालाई खोकी ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि शनिबार बेलुका साढे ८ बजे अस्पताल भर्ना भएकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.