|

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार छिट्टै परिवर्तन हुने बताएका छन्।  

योङ कम्युनिस्ट लिग माडीले आयोजना गरेको नगरसभालाई सम्बोधन गर्दै प्रचण्डले ओली सरकारलाई ठेगान लगाउने आफूहरू अन्तिम कसरतमा लागेको बताएका हुन्। कार्यक्रममा उनले आजै काठमाडौं गएपछि अन्‍य दलहरूसँग पनि बसेर राजनीतिक निर्णय हुन सक्ने संकेतसमेत गरे।

निरकुंश तत्वका विरुद्धमा जनताहरु एक हुँदै गएको भन्दै उनले भने, 'अलोकतान्त्रिक ठेगान लगाउने अन्तिम कसरतमा छौँ। आज अब काठमाडौ गएपछि विभिन्न दलहरूसँग छलफल गर्छौँ केही दिनभित्रै केन्द्रमा कायापलट हुँदै छ।'

जनपक्षीय सरकार आएपछि नयाँ युगको सुरुवात हुने उनको दाबी थियो। हिजो अलोकतान्त्रिक कदम् विरुद्द सडकमा गएका दलहरूबीच सहकार्य हुने पनि उनले बताए।

नयाँ सरकार गठन भएपछि माडीको विकास, सुकुम्बासी समस्या समाधान र बाँकी रहेका आयोजनाहरुले युद्दस्तरमा गति लिनेमा पनि उनले विश्वास दिलाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.