|

रुकुम (पूर्व) : नक्कली प्रमाण पत्र पेश गरी काम गरिरहेको आरोपमा मनाङका डाक्टर दिपेन्द्र गौतम पक्राउ परेका छन्।

चौरजहारी नगरपालिका–१, स्थित चौरजहारी अस्पतालमा कार्यरत गौतमलाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी काम गरीरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले आइतबार दिउँसो अस्पतालबाटै पक्राउ गरेको हो ।

मनाङको चामे गाउँपालिका–९, का ३१ वर्षीय गौतमविरुद्ध नक्कली प्रमाणपत्रका बारेमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको थियो। उनलाई एसएलसीको प्रमाण पत्र किर्ते रहेको अभियोग लागेको छ।

सोही मुद्दाका आधारमा काठमाडौं जिल्ला अदालतको आदेशमा गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए। डाक्टर गौतम केही समयदेखि चौरजहारी अस्पतालमा कार्यरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.