|

झापा : पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका आठ जनामा कोरोना भाइरसको एन्टिजिन पोजेटिभ देखिएको छ। आठ जनामा एन्टिजिन पोजेटिभ देखिएसँगै जिल्लामा आइतबार १२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य कार्यालय झापाका फोका पर्सन जीवन चौलागाईले काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका तीन महिला र पाँच जना पुरुषमा एन्टिजिन पोजेटिभ देखिएको बताए। उनीहरू सबै भारतको दिल्लीबाट आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए। उनका अनुसार झापा बुद्धशान्ति र दमकका एक÷एक जना, सुर्खेतका एक, इटहरीका दुई, धरानका एक, ललितपुरका एक र सप्तरी एक जना रहेका छन्। 

संक्रमितमध्ये पाँच जनालाई होम आइसोलेसनमा बस्न भनि पठाइएको र तीन जनालाई मेची अस्पतालको कोभिड उपचार केन्द्रमा पठाइएको डिएसपी दाहालले बताए। ‘भारतमा कोरोना संक्रमण फैलिएसँगै अहिले काँकडभिट्टा नाकाबाट स्वदेश फर्किनेको सङ्ख्या बढेको छ’ उनले भने,‘नाकाबाट दैनिक एक हजार भन्दा बढी प्रवेश गरिरहेका छन्।’

नेपाली नागरिकलाई सीमामै स्वास्थ्य जाँच गरी नेपाल प्रवेश गर्न दिइरहेका छौं, उनले भने,‘भारतीयलाई अति आवश्यक कामबाहेक प्रवेश निषेध गरेका छौं।’ मजदुरको हकमा पूर्ण बन्देज लगाइएको उनको बताए।

स्वास्थ्य कार्यालयका अनुसार काँकडभिट्टा बाहेक बिर्तामोड नगरपालिकाका चार जना स्थानीयमा कोरोना पुष्टि भएको छ। सङ्क्रमितमध्ये दुई महिला र दुई पुरुष रहेका छन्। उनीहरू वडा नम्बर ७ का हन्।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ। यो सङ्ख्या १५ दिनको अवधिमा पुगेको हो। हाल सम्म जिल्लामा चार हजार ६ सय ७९ संक्रमित पुष्टि भएकोमा एक सय २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।  चार हजार पाँच सय पाँच जना निको भइसकेको जनाइएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.