|

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा आज नेपाल र मलेसिया भिड्दै छन्। 

त्रिवि क्रिकेट मैदानमा  यी दुईबीचको खेल आज दिउँसो सवा एक बजे सुरु हुनेछ। आज मलेसिया पहिलो जीतको खोजीमा हुनेछ भने नेपाल भने अपराजित यात्रा कायम राख्न चाहन्छ ।

मलेसिया हिजो नेदरल्याण्ड्ससँग  १५ रनले पराजित भएको थियो। नेपालले भने आइतबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। 

डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.