|

काठमाडौं :  बागमती प्रदेशको सर्वदलीय बैठक जारी छ। ललितपुर जावलाखेलस्थित सुशासन केन्द्रमा विहान आठ बजेदेखि बैठक जारी रहेको  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका प्रेस सल्लाहकार प्रकाश दाहालले जनाकारी दिए। 

प्रतिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम, कोरोना संक्रमण नियन्त्रणलगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्।

प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठकअवरुद्ध गर्दै आएको छ। प्रतिपक्षी सांसदहरुले मदन भण्डारी फाउन्डेसन र विद्युतीय बस खरिद प्रक्रियाका लागि प्रदेशसभा सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ रोक्न माग गर्दै आएका छन्।  बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बोलाइएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.