|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। ओलीले बिहान ९ बजेका लागि बालुवाटारमा बैठक बोलाएका हुन्। 

बैठकमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुने बताइएको छ। यस्तै सिसिएमसीले विद्यालय बन्द गर्न गरेको सिफारिसका सम्बन्धमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिए। 

सिसिएमसीले संक्रमणको जोखिम भएका सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो। विद्यालयका बालबालिकामा जोखिम बढेको भन्दै सहरी क्षेत्रका विद्यालय बन्द गर्न सिसिएमसीले मन्त्रिपरिषदमा सिफारिस गरेको हो।

यसअघि स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो। मन्त्रालयले काठमाडौं उपत्यकासहितका १४ सहरका विद्यालय बन्द गर्नुपर्ने बताएको छ। यस्तै काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.