|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त भएका छन्। राष्ट्रपति भण्डारीले न्यायपरिषदको सिफारिसमा सोमबार सुवेदी र चुडाललाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम  नियुक्त गरेकी हुन्।

यसअघि गत शुक्रबार सिंहदरबारमा संसदीय सुनवाइ समितिले दुवैजनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।

न्यायपरिषदबाट प्रस्तावित दुवै न्यायाधीशले सांसदहरुका प्रश्नको जवाफ दिएपछि दुवै जना सर्वसम्मतिले सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन भएका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.