|

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा हिंसापीडित तथा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन गरिएको छ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक तथा बेनी नगरपालिकाको ब्यवस्थापनमा हिंसामा परेका व्यक्तिहरूलाई आश्रय दिने उद्देश्यले स्थापना गरिएको अल्पकालीन सेवा केन्द्रको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गरिन्।

जिल्लाभित्र घरेलु तथा यौनजन्य हिंसाबाट पीडित महिला, मानसिक सन्तुलन गुमाएका, अलपत्र अवस्थामा भेटिएकालाई अल्पकालीन रुपमा आश्रय दिने स्थानको अभावलाई समाधान गर्न केन्द्रको स्थापना गरिएको मन्त्री पुनको भनाइ छ।

‘यहाँ महिलाहरूको रेखदेख र परामर्श हुन्छ,हिंसाका शिकार भएकाहरूलाई अल्पकालीन आश्रय दिन सुरक्षित आवास गृह हो’ मन्त्री पुनले भनिन्।

म्याग्देली जिल्लामा घरेलु हिंसा, बलात्कार, बोक्सीको आरोपलगायत हिंसाको शिकार भएका महिलालाई केन्द्रले उद्धार गरी भविष्‍यमा स्वरोजगार तथा उद्मशीलता विकासमा समेत सघाउने मन्त्री पुनले बताइन्।

 बेनी नगरपालिका उपमेयर सञ्जु बरुवालले पीडित तथा प्रभावितहरूलाई आवासीय सेवासहित कानुनी सहायता, मनोसामाजिक परामर्श र स्वास्थ्य सेवा उपलब्ध गराउने बताइन्।

 जिल्लाभरका सबै स्थानीय तहमा हिंसामा परेकालाई केन्द्रमा राखिने उपमेयर बरुवालको भनाई छ। हालसम्म केन्द्रले २ महिलालाई उद्धार तथा उपचार गरेको छ।

उद्घाटन कार्यक्रमको सञ्चालन हिंसामा परेका महिलालाई आवश्यक हरेक प्रकारको सेवाहरु उपलब्ध गराउने केन्द्रले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.