|

काठमाडौं : अन्नपूर्ण हिमाल आरोहण क्रममा हराएका रूसी आरोहीहरूसँग सम्पर्क स्थापित भएको छ।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यले ती पर्यटकहरु आधार शिविरमा ढिला आइपुग्दा हराएको आशंका गरिएको, तर अहिले सम्पर्कमा आएको जानकारी दिएकी छिन्‌।​​

हिमाल आरोहण गरेर फर्किने क्रममा आइतबार साँझदेखि उनीहरु बेपत्ता भएको  सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंले जानकारी दिएका थिए।

हराइरहेका आरोहीहरू खोजी गर्न कैलाश एयरको हेलिकोप्टरमा शेर्पाको टोली नै खटाइएको थियो। 

विश्वको १०औँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि विश्वभर प्रख्यात छ। ४ समूहका ४४ जनाले अन्नपूर्ण आरोहण गर्न यो वर्ष अनुमति लिएका थिए।

अहिलेसम्म २१ जना चुचुरोमा पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको विभागले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.