|

काठमाडाैं : कीर्तिपुरमा जारी त्रिकोणात्मक ट्वान्टी–ट्वान्टी सिरिजमा नेपाल र मेलिसयाबीच खेल जारी छ। टस हारेर ब्याटिङमा उत्रिएको मलेसिया १६ दशमलव ५ ओभरमा १ सय ९ रनमा समेटिएको छ।

पहिलो खेलमा नेदरल्याण्डसमाथि ९ विकेटको फराकिलो जित निकालेको नेपालले आज पनि कसिलो बलिङ देखायाो। नेपालका लागि आज करन केसीले ३ विकेट लिन सफल भयो। उनले ३ ओभर बलिङ गर्दै १७ रन दिए। त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिए। त्यस्तै सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सहब आलम र कुशल मल्लले एक/एक विकेट लिन सफल भए। बलिङ गर्नेमध्ये अविनाश बोहोराबाहेक सबैले विकेट लिए।  

नेपालको कसिलो बलिङसामु मलेसिया निरीह बनेको थियो। मलेसियाका ९ ब्याट्सम्यानले आज जम्ममा ४ वटा छक्का प्रहार गर्न सके। भोलि (मंगलबार) नेपालले पुनः नेदरल्याण्डसँग अर्को म्याच खेल्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.