|

पर्वत : कास्कीको पोखरामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा महानगरपालिका –१६ बाटुलेचौरका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

 गत चैत ३१ गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषको उपचारको क्रममा आइतबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

उनमा श्वासप्रश्वास र मुटु सम्बन्धी समस्या रहेको पाइएको पनि निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा मृत्यु हुने कोरोना सङ्क्रमितको संख्या दुई सय आठ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.