|

पर्वत : कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण करिब १३ महिनासम्म सुनसान रहेको हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङ यतिबेला तीर्थयात्रीले भरिभराउ बनेको छ।

जीवनमा मुक्ति पाउनको लागि चार धाम जानुपर्ने भनिन्छ त्यसमा पनि चार धामको यात्रा पवित्र तीर्थस्थल मुस्ताङको मुक्तिनाथ र कागबेनीबाट गर्नुपर्छ भन्ने चलन छ।

दिवङ्गत भएका आफन्तहरूलाई पापबाट मुक्ति दिलाई स्वर्गमा पठाउनको लागि कागबेनीमा पिण्ड दिनुपर्छ भन्ने मान्यता रही आएको छ। यही कारण कोरोना कहरको दोस्रो लहर सुरु भइरहेको परिवेशमा पनि मुस्ताङको कागबेनी र मुक्तिनाथमा तीर्थयात्रीहरूको भिड लागेको हो।

कागबेनीमा होटेल व्यवसायी गर्दै आएका छेप्तेन गुरुङका अनुसार चैते दसैँको दिनसम्म मुस्ताङमा हरेक वर्ष तीर्थयात्रीहरूको भिडभाड हुने गरेको छ।

विगतका वर्षहरूका तुलनामा यस वर्ष कोरोना कहरका कारण तीर्थयात्रीहरूको सङ्ख्या कम भएको भए पनि दैनिक कम्तीमा पनि पाँच सय जना जति तीर्थयात्रीहरू मुस्ताङ पुगेको उनको भनाई छ। धार्मिक पर्यटकहरु बढेपछि मुक्ति क्षेत्र आसपासको होटलहरु पाहुनाले खचाखच भरिएको र लकडाउनका बेलामा व्यवसायबाट निरुत्साहित बनेका व्यवसायीहरू अहिले हौसिएको गुरुङको भनाइ छ।

मुक्ति क्षेत्रमा नेपालका विभिन्न जिल्लाका सहित भारतबाट पनि ठूलो सङ्ख्यामा तीर्थयात्रीहरू पुग्ने गरेका छन्।

पूजाआजाका केही दृश्‍य झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.