|

काठमाडौं : त्रिकोणात्मक टि-ट्वेन्टी कप क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। 

कीर्तिपुर मैदानमा सोमबार भएको खेलमा नेपालले मलेसिया विरुद्ध ९ विकेटको सानदार जित दर्ता गरेको हो । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ दशमलब १ ओभरमा मात्रै एक विकेट गुमाएर पार गर्यो। 

नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा अर्धशतकीय पारी खेलेका कुशल भुर्तेलले सोमबार पनि उत्कृष्ट पारी खेले। लगातार अर्धशतकीय पारी खेल्ने क्रममा कुशल आज ६१ रनमा नटआउट रहे।

४१ बल खेलेका उनले ५ छक्का र ३ छक्का हिर्काए। कुशलसँग उत्कृष्ट साझेदारी गरेका आसिफ शेखले ४२ रनको योगदान गरे। उनले एक छक्का र ४ चौका प्रहार गरे। 

दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे। यसअघि टस हारेर ब्याटिङमा उत्रिएको मलेसिया १६ दशमलव ५ ओभरमा १ सय ९ रनमा समेटिएको थियो ।
पहिलो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको फराकिलो जित निकालेको नेपालले आज पनि कसिलो बलिङ देखायो।

नेपालका लागि करण केसीले ३ विकेट लिन सफल भए। उनले ३ ओभर बलिङ गर्दै १७ रन दिए। त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, साहब आलम र कुशल मल्लले एक÷एक विकेट लिन सफल भए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.