|

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने सात डाक्टरसहित ८ जनालाई पक्राउ गरेको छ।

सिआइबीका प्रमुख डिआईजी सहकुल थापाले अभियुक्तमध्ये ४ जना रजिस्टर्ड डाक्टर भएको बताए। उनका अनुसार एक जनाको सर्टिफिकेट नक्कली बनाउने कन्सल्ट्यान्ट छ।

अनुसन्धानका लागि पक्राउ पर्नेमा विराटनगरस्थित न्युरो अस्पतालका २८ वर्षीय मोहमद सिद्दीकी, जनकपुर चिल्ड्रेन अस्पताल धनुषाका २९ वर्षीय सुभाष प्रसाद साह, दीर्घायु गुरु हस्पिटल चाबहिलका २८ वर्षीय मोहम्मद शाहिद राजा, चौरजहारी मिसन हस्पिटल पश्चिम रुकुमका ३१ वर्षीय दिपेन्द्र गौतम रहेका छन्। त्यसैगरी मोरङ बरगाछीका ३१ वर्षीय अखिलेशकुमार देव रहेका छन्।

एसएलसीको नक्कली सर्टिफिकेट बनाएर अभियुक्तहरूले बंगलादेशमा एमबीबीएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएको पाइएको पनि थापाले बताए।

सिआईबीका अनुसार आफ्नो व्यक्तिगत लाभका लागि एसएलसीको मार्कसिट कीर्ते गरि लिखित कसुर अपराध गरेकाले आइतवार नियन्त्रणमा लिएर जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रवेशिका तह (एसएलसी) को मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङ्क लगायतका विवरणहरु सच्याई, थपघट गरि कीर्ते सर्टिफिकेट बनाउने आठै जनालाई सीआईबीले सुक्ष्म अनुसन्धान गरेर नियन्त्रणमा लिएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.